राजकुमार यादव
मौलापुर,मौलापुर नगरपालिका– ४ स्थित जवाहर साह आधारभूत विद्यालयको प्राङ्गणमा आम जनता पार्टी निकट आईटी आर्मीको नगर भेला शनिवार सम्पन्न भएको छ ।मौलापुर नगरपालिकाको समृद्धिमा युवाशक्तिको भुमिका नाराका साथ आयोजना गरिएको आम जनता पार्टी निकट आईटी आर्मीको कार्यक्रम सम्पन्न भएको हो । गणतन्त्र खतरामा रहेको बताउदै माघ ११ गते बिहीवारका दिन मधेस प्रदेश बन्द गर्ने कार्यक्रम रहेको प्रमुख अतिथि तथा अजपा अध्यक्ष प्रभु साहले बताउनुभएको छ ।बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबीत्त तथा सहकारी संस्थाहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कर्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेस बन्द गर्ने अजपा अध्यक्ष साहले बताउनुभयो ।नक्कली र सक्कली राजनीति दलको पहिचान गर्न साहले आम जनतासंग आग्रह गर्नुभएको छ । जनतामा भ्रमक भाषण दिदै आएका नेता तथा दलको पहिचान गर्न समय आएको बताउँदै साहले भाषणको माध्यमबाट प्रतिवद्धता गर्ने विभिन्न पार्टीले व्यवहारमा कालासाम्राज्य तयार गरेको अरोप उहाँले लगाउनुभएको छ ।जनतामाथि करमाथि थुपार्ने सात्ता पक्षलाई पहिचान गर्न अजपा अध्यक्ष प्रभु साहले इसारा समेत गर्नुभएको छ ।केन्द्र सरकारलाई अपराधी बताउदै अध्यक्ष साहले वर्तमान सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा अनमियता गरेर बदमासी गरेको बताउभयो । एउटा कक्षा कोठामा अनुपातभन्दा तेब्बर बढी विद्यार्थी राखेर केन्द्र सरकारले कक्षा संचालन गराउन लगाएको उहाँको भनाई छ ।
अर्थ मन्त्रालयबाट विनियोजन भएको ४५ अर्ब रुपैया मधेश प्रदेश सरकारले भ्रष्टचार गरेको अध्यक्ष साहले आरोप लगाउनुभएको छ । प्रदेसका प्रत्येक वडामा लगभग ४ करोड हिस्सा रहेको बजेट प्रदेश सरकारले कहाँ लगेर विकास गरेको हो भन्ने प्रश्नको जवाफ सत्तापक्षले दिनुपर्ने उहाँको भनाई थियो ।उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै आम जनता पार्टीका महासचिव उपेन्द्र साहले नेपालमा युवाहरुको भविष्य सुनिश्चित नरहेको बताउनुभएको थियो । देशमा आईटी आर्मीको अवश्यता रहेको बताउदै उपेन्द्र साहले यसको विस्तारले मात्रै देशबाट भ्रष्टाचार हटाउन सकिने बताउनुभयो ।
नेपालको हालको संविधानमा देश र यहाँको युवाहरूको भविष्य सुनिश्चित नरहेको दावी समेत उहाँले गर्नुभएको छ ।
देशमा पटक पटक परिर्वतनको लागी अन्दोलन भए पनि सत्ता स्वार्थमा सिमित रहेका सत्ता पक्षहरूले संविधान आडमा विपरित खेल खेल्न लागेको बताउनुभयो । आमनिर्वाचनमा प्रचार प्रसारको क्रममा सबै दलले सर्वसाधारण जनताको मन जित्नको लागि विभिन्न आकर्षक भाषण दिएर सपनाहरु देखाएको उहाँले बताउनुभयो ।आश्वासनहरु मध्ये सबै दलले प्राथमिकताका साथ उठाएको मुद्दा र प्रतिबद्धता जाहेर गरेको एउटा विषय थियो “हामीले जित्यौँ भने युवालाई विदेश पलायन हुनबाट रोक्ने मात्र होइन कि विदेशमा रहेका नेपालीहरुलाई समेत स्वदेश फर्कने वातावरण निर्माण गर्नेछौं ।” तर उनीहरुलाई जनताले जिताएर सत्तामा पु¥याएको भएपनि उनीहरुले बाचाअनुसारको काम नगरेको उहाँको भनाई थियो ।

Leave a Reply