नरेश गुप्ता

बरियारपुर,बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ प्रसौनीस्थित बिकाश साह कानुको मोटरसाइकलमा शुक्रवार राती अज्ञात समूहले आगजनी गरेको छ ।

आफ्नै घरअगाडि पार्किङ्ग गरि राखिएको अवस्थामा कानुको नाममा रहेको ना १९ प ७२१७ नम्बरको होन्डा युनिकोन मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा कसले र किन आगो लगाएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

स्कुटी चालक घाइते

बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर– १८ मोतीसरबाट वीरगन्ज जादै गरेको ना ४७ प १५३८ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्करबाट स्कुटी चालक कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर बस्ने अन्दाजी वर्ष ३१ की सन्ध्या चौधरी शनिवार घाइते भएकी छिन । चौधरीको दाहिने हातको कुईना र दुवै खुट्टाको घुडामा चोटपटक लागेको छ । ठक्कर दिने मोटरसाइकलमा दुई जना चढेको र अक्सिजन सिलिन्डर बोकेको तर चालक फरार भएकोले पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

Leave a Reply