पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रवार पक्राउ परेपछि नेपालमा एक खालको बहस शुरु भएको छ । सांसद सूर्य थापाको नेतृत्वमा गठन भएको सहकारी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा रविलाई दोषी देखाएर पक्राउ गरिएको छ ।

यसको राजनीतिक कारण जे भएपनि सहकारी पीडितहरुको मागको आधारमा रवि पक्राउ पर्नु चैं फेरि गलत होइन ।
त्यसो त फेरि सहकारीको समस्या समाधान गर्नका लागि केवल रविलाई पक्राउ गरेर मात्रै पुग्दैन । सहकारी काण्डमा अन्य धेरैको संलग्नता पनि छ । यो कुरा पनि बाहिर आएको छ र छानबिन समितिले पनि धेरै कुरा उठाएको छ । यो हिसावले केवल रविको पक्राउले मात्रै सहकारीको समस्या समाधान हुदैन । अब सरकारको सामुन्य बरु थप चुनौति खडा भएको छ । सहकारी ठगीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने । तर नजिककालाई जोगाउने र अरुलाई फसाउने काम गर्न हुन्न ।
राजनीतिक स्वार्थ र इगोका आधारमा पक्राउ गरेको भए त फरक कुरा भयो नत्र सहकारी पीडितहरुको सवालमा भने सबैले न्याय पाउनुनै पर्दछ । सहकारी पीडितहरु अन्यायमा पर्नु हुदै हुदैन । जो सुकै भएपनि सरकारले कारबाही गर्ने हिम्मत गर्नुपर्दछ । राजनीतिभन्दा पनि पीडितको कुरा सुनेर न्याय दिलाउने विषयमा सरकार लाग्यो भने रविको पक्राउको औचित्य पनि पुष्टि हुन्छ र पीडितले पनि न्याय पाउनेछन् ।

Leave a Reply