सिमरा,नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा सिमरा वितरण केन्द्रलाई सम्मान गरिएको छ ।
उत्कृष्ट कार्य गरेको भन्दै प्राधिकरणको प्रधान कार्यालयले सिमरा वितरण केन्द्रलाई सम्मान गरेको हो । वार्षिकोत्सवका अवसरमा काठमाण्डौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका बीच उर्जा, जलस्रोत तथा सिँचायी मन्त्री पम्पा भुषालले सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई कदर–पत्र प्रदान गर्नुभएको थियो ।
विद्युत चुहावट नियन्त्रण र महसुल संकलनमा तोकिएको लक्ष्यभन्दा बढी कार्य गरेको र ७० एमभीएभन्दा बढीको लोड थप गर्दै माग अनुसारको विद्युतीय सेवा उपलब्ध गराएर प्राधिकरणको वित्तीय अवस्थामा सुधार ल्याउन सिमरा वितरण केन्द्रको भूमिका अहम रहेको भन्दै प्राधिकरणले सम्मान गरेको हो ।
प्राधिकरणले सिमरा वितरण केन्द्रका सम्पूर्ण कर्मचारीको योगदान उच्च रहेको भन्दै प्रशंसा समेत गरेको छ ।