काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय लगातार घट्दै आएको सुनको मूल्यमा केही दिनयता उतारचढाव देखिन थालेको छ। यसअघि गत वर्षको माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बिहीबार ३ हजार ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअघि गत वर्षको माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

Leave a Reply