निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ र ३ को वडा कार्यालयले स्थानीयलाई शुक्रवार न्यानो कपडा र सिरक वितरण गरेको छ ।कार्यालयको तर्फबाट वडामा रहेका ८० वर्षमाथिका ६५ जना जेष्ठ नागरिक र १५ जना अपाङ्गसमेत गरी ८० परिवारमा १÷१ थान फाइबरको सिरक वितरण गरेको वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो । वडा अध्यक्ष कटुवालसहित वडा सदस्यहरु चित्रबहादुर चौलागाई, बबिताकुमारी श्रेष्ठ, इन्द्रकुमारी सुनुवार र कार्यालय सचिव सपना ढुङ्गाना, कौशिला बजगाईसहित कर्मचारीहरुले सेवाग्राहीको घरघरमै पुगेर न्यानो सिरक वितरण गरेका हुन ।बढदो शीतलहरबाट जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई सुरक्षित पार्न न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष कटुवालले बताउनभुयो ।त्यसैगरी ठण्डीसंगै शीतलहर बढ्दै गएपछि वडा नम्बर ३ कार्यालयले जेष्ठ नागरिक, असाहय र अतिविपन्न १ सय ४० घर परिवारमा न्यानो कपडा वितरण गरेको हो ।वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनको नेतृत्वमा भएको न्यानो कपडा वितरण कार्यक्रममा निजगढ नगर कार्यपालिका सदस्य मानबहादुर डाँसेली, वडा सदस्य बुर्गानकुमारी थोकर, चनीमाया बि.क., जितबहादुर लोप्चन, वडा कार्यालयका सचिव हिरालाल राना, शान्ति टोल सुधार समितिका अध्यक्ष रितबहादुर वल तामाङ र पेमा लामा र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसैबीच केही दिनयता बढेको चिसोका कारण जनजीवन प्रभावित बनेपछि युथ अफ निजगढले निजगढका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारणको लागि आगो ताप्ने दाउरा वितरण गरेको छ ।बढ्दो चिसो र शितलहरलाई मध्यनजर गर्दै क्लबले निजगढ ८ को नागमणी बकैया सामुदायिक वन उपभोक्ता समुहबाट खरिद गरेको दाउरा पूर्वपश्चिम राजमार्गको सहिद चोक, नगरपालिका चोक, बुद्ध चोक, बकैया टोल चोक लगायतका स्थानहरुमा आगो ताप्नको लागि निःशुल्क दाउरा वितरण गरेको हो ।सर्वसाधारणको चहलपहल बढि हुने स्थानमा बालेर ताप्न दाउरा वितरण गरिएको क्लबका अध्यक्ष कमल बजगाइले जानकारी दिनुभयो ।दाउरा वितरण कार्यक्रममा क्लबको कार्यसमितिका सदस्यहरु, पूर्वअध्यक्ष, सल्लाहकारलगायतको सहभागिता रहेको थियो ।



















