आरके राजन
सिम्रौनगढ,२३औं सशस्त्र प्रहरी दिवस २०८० र सीमासंग सशस्त्र प्रहरी अवधारणा अन्तर्गत बाराको सिम्रौनगढ– १ सशस्त्र प्रहरी बेस क्यामको प्राङ्गणमा शनिवार निःशुल्क स्वास्थ्य शिविर र न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरिएको छ ।
स्वास्थ्य शिविरमा स्थानीय बिरामीहरुको स्वास्थ्य परीक्षणसहित ४ सय ५० जना गरिब परिवारमा न्यानो कपडा वितरण गरिएको थियो ।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको प्रमुख आतिथ्यतामा तथा सशस्त्र प्रहरी नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको आयोजनामा भएको सो कार्यक्रम उद्धाटन प्रमुख अतिथि नगर प्रमुख कलवारले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरे, बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगी, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सशस्त्र प्रहरी बिओपी गोलागन्जका प्रहरी निरीक्षक सुमन अधिकारी, सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाह, सिम्रौनगढ नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनी, वडा नम्बर ६ का अध्यक्ष नन्दकिशोरप्रसाद जयसवाल, वडा नम्बर ७ का अध्यक्ष बिवेक मेहता, समाजसेवी रामबाबु कुशवाहा र स्थानीय भद्रभलादमी र सेवाग्राहीहरुको उपस्तिथि रहेको थियो ।



















