सिमरा,विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजले आफ्नो जग्गाबाट माटो र बालुवा चोर्ने गर्नेमाथि कारबाही नगर्न प्रहरीलाई पत्राचार गरेको छ ।सेजको सार्वजनिक जग्गाबाट माटो र बालुवा चोरीमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएपछि कारबाही नगर्न सेजले इलाका प्रहरी कार्यालय सिमरालाई पत्र पठाएको हो ।‘सिमरा सेजको ‘बि ब्लक’ मा उत्खनन गर्दै गर्दा एक्स्काभेटर र ट्याक्टरको सम्बन्धमा उत्खनन गरेको खाल्टो जीतपुर सिमरा उपमहानगर वडा नं १४ का वडाध्यक्ष चयन गुरुङको रोहबरमा उत्खनन गरेको सम्पूर्ण खाल्टो पुर्ने भनी इलाका प्रहरी कार्यालय सिमरामा लिखित गरिने छ’ सेजले पठाएको पत्रमा उल्लेख छ ।पुस १९ गते सिमरा सेजको बि ब्लकमा माटो र बालुवा चोरिरहेको अवस्थामा राती २ बजे सिमरा प्रहरीले उत्खनन स्थलबाटै एक्स्काभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । सवारी साधन नियन्त्रणमा लिने क्रममा चालक भने भागेका छन् ।प्रहरीले ना १ क ६६४७ को एक्स्काभेटर र ना ७ त ५४०७ नं को ट्याक्टर नियन्त्रणमा लिएको छ ।सेजका इन्जिनियर आनन्द भट्टले प्रहरीसँगको कुराकानीमा सेजको बि ब्लकबाट ६ सय टिप भन्दा धेरै बालुवा र माटो चोरी भएको,उत्खनन स्थलमा ठुला ठुला खाल्टाखुल्टी बनाएको र ३६ लाख भन्दा धेरैको राजस्व हिनामिना भएको जनाएका थिए ।यता विशेष आर्थिक क्षेत्र प्राधिकरणका सेजका कार्यकारी प्रमुख डा. चण्डिका भट्टले भने सेजबाट माटो, बालुवा चोर्नेलाई क्षति भराउने र कानुन अनुसार कारबाही गर्न आफूले निर्देशन दिएको दाबी गर्नुभएको छ ।

Leave a Reply