खासगरी मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकालयबाट शुरु भएको चुरे संरक्षण कार्यक्रमले सातौं वर्ष पूरा गरेको छ । सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनलाई हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउन शुरु गरिएको छ ।

हरियो वन नेपालको धन भन्ने कथनलाई सार्थकता दिन शुरु गरिएको चुरे संरक्षण कार्यक्रमलाई सबैले सकारात्मक रुपमा लिएका छन् । बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौलीमा वृक्षरोपण गरेर आठौं चुरे संरक्षण दिवस आरम्भ गर्नुभएको छ ।

नेपालको कुल क्षेत्रफलको १२ दशमलब ७८ प्रतिशत भूभाग चुरे क्षेत्रले ओगटेको छ । पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केही न केही भूभाग चुरे क्षेत्रमा पर्छ । नेपालको चुरे क्षेत्रले जम्मा जंगलको ७३ प्रतिशत भू–भाग ओगटेको छ । राजनितिक आडमा चुरेबाट ढुंगा, गिट्टी र बालुवा निकासी हुने गरेको छ । चुरेसँंग सिमाना जोडिएको अधिकांश क्षेत्रमा चुरे क्षेत्रको नदीजन्य सामग्री अवैध ओसारपसार हुने गरेको छ ।

सरकारले चुरे जंगल मासेर बाटो निर्माण गर्ने काम रोक्न सकेको छैन । चुरेभित्र बस्ती बढ्दै गएको छ । चुरे क्षेत्रले नेपालको ७७ मध्ये ३६ जिल्लाको भूभाग ओगटेको छ । चुरे संरक्षणको नाममा करिब ८ अर्ब खर्च भइसकेको छ । तर अपेक्षाकृत काम हुन सकेको छैन । सरकारले चुरे जोगाउन हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ ।

Leave a Reply