राजन कुमार बानिया
पोखरिया,पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई धोबिनी गाउँपालिकामा चाँदीको मुकुट र फूल माला लगाएर सम्मान गरिएको छ ।
पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित रमेश रिजाललाई एक समारोहबीच हरिहरपुर गाउँमा धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जुदेबी पटेलले आइतवार चाँदीको मुकुट पहिर्याएर सम्मान गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता भेटघाट र धन्यवाद दिन गाउँ पुग्नुभएका रिजाललाई धोबिनी गाँउपालिका वडा ३ हरिहरपुरमा स्थानीयले फूल माला र खादा लगाएर स्वागत गरिएको नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि श्यामकिशोर पटेलले जानकारी दिनुभयो ।
गत मंङ्सिर ४ मा भएको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रिजालले क्षेत्रका विभिन्न स्थानमा मतदाताले सम्मान र स्वागत रेका थिए । कार्यक्रममा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली काँग्रेसका युवा नेता नविन सिंह, क्षेत्रीय सचिव बलिस्ट अहम्द, वडा अध्यक्ष राजकिशोर पटेल, बासदेव तिवारीलगायत नेता कार्यकर्ताहरु सहभागिता रहेको थियोे ।

















