वीरगंज ,६ असोज ।
वीरगंजबाट एकैरात प्रहरीले २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट बुधबार मध्यरातमा खटिएको प्रहरी टोलीले वीरगंजको घण्टाघर र माइस्थान र आदर्शनगरबाट मालसामान सहितका ती ट्रकहरु नियन्त्रणमा लिएको हो ।
वीरगंजका विभिन्न ट्रान्सपोर्टबाट मालसामान बोकेर अन्य शहरमा जान लागेको अवस्थामा ती ट्रकहरु रोकेर चेकजांच गर्दा भन्सार प्रज्ञानपत्रमा उल्लेख गरिएको भन्दा बढि मालसामान भेटिएकाले नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

उनका अनुसार , जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार राति साढे ११ बजे वीरगंज ८ घण्टाघरचोकमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक रोकेर जांच गर्ने क्रममा ट्रकमा भन्सार प्रज्ञापनपत्रको भन्दा बढि साममान भेटिएपछि नियन्त्रणमा लिएको हो । उक्त ट्रकबाट ९१ लख ५१ ह्जार ८ सय २२ रुपैया मुल्यका सामान बराममद भएको उनले बताए ।

यस्तै बुधबार राति सवा ११ बजे नै वीरगंज ८ माईस्थान चोकमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रक रोकेर चेकजांच गर्ने क्रममा उक्त ट्रकबाट पनि विल बिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । उक्त ट्रकबाट ५० लाख ३९ हजार १ सय २४ रुपैया मुल्यको सामानन बरामद गरिएको बस्नेतले जानकारी दिए ।
बुधबार राति नै १२ बजे वीरगंज १० आदर्शनजगरमा ना ५ ख ४८३१ नम्बरको ट्रकलाई पनि प्रहरीले रोकेर चेकजांच गरेको थियो । त्यसक्रममा विल बिजक भन्दा बढि परिमाणको सामान बरामद भएपछि उत्तः ट्रकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकबाट पनि १ करोड १८ लाख ७६ हजार ६ सय ९१ रुपैया मुल्यको सामान बरामद गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

तीनवटै ट्रकबाट बरामद सामान र ट्रकको गरि २ करोड ६० लाख ६७ हजार ६ सय ३७ रुपैया मुल्यांकन गरेर माल सामान सहितको ट्रक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले जानकारी दिए ।

 

Leave a Reply