बाराको गढीमाईको नाम नसुन्ने व्यक्तिहरु बारा पर्सामा त कमै होलान र देशभर पनि गढीमाईको नाम चलेको छ । यो क्षेत्रमा हरेक पाँच-पाँच वर्षमा लाग्ने मेलामा कारण गढीमाई चर्चित मात्र छैन पवित्र पनि छ । देवीका विभिन्न शक्तिपिठमध्ये गढीमाई एक हो ।बाराको गढीमाईको धार्मिकसहित साँस्कृतिक रुपमा पनि उत्तिकै महत्व छ । गढीमाईमा लाग्ने पञ्चवर्षीय मेलाका कारण पनि यसको महत्व झनै धेरै छ ।

त्यसो त गढीमाइको मुख्य विशेषता भनेकै बली हो । एक महिनासम्म लाग्ने मेलामा लाखौं अवोध पशुहरुको बध हुन्छ यहाँ । पशु वधको सम्बन्धमा विशेष काहानी र चलन भए पनि पशु वधको विकल्पको बारेमा पछिल्ला दिनमा बहस भइरहेको छ । गढीमाई मेलका तीथि नजिकिदै आएकोले पनि यतिबेला यो विषयमा बहश शुरु भएको हो ।
हुन त यो भावनाको पनि कुरा होला तर कसैको हत्या गरेर अर्कोले पुण्य पाउने कुरामा सत्यता नहुनु पर्ने हो । किन भने पशु भनेको पनि त एउटा प्राणी नै हो । उनीहरुको हत्या गरेर उल्टै पुण्य हुने कुराको कल्पना गर्नु केवल मुर्खता मात्रै हो । चलन त् जे चलायो त्यही बस्ने हो तर खराब चलन बसेको छ भने त्यसको परिमार्जन पनि आवश्यक छ ।पशु बलीको ठाउँमा फलफूल र मिठाइ चढाउनुपर्ने बहस शुरु भएको छ । र यो एकदमै उचित कुरा हो । अब यो विषयमा पर्याप्त बहस हुनुपर्दछ । यो वर्षको मंसिरमा मेला पनि लाग्दैछ । यो मेलामा केही पशुको पनि ज्यान जोगियो भने यो बहसले पनि पक्कै सार्थकता पाउनेछ ।
















