सिमरा,नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकेको छ ।

माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ । पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साहले बताउनुभयो ।

त्यस्तै, वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकेको छ । सर्लाही जिल्लाको सहइन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई तोकेको छ भने धनुषाको संयोजकत्वमा झल्कु यादवलाई तोकेको छ । अरु जिल्लाको हकमा भने आवश्यकता अनुसार मात्र तोकिने प्रदेश २ का सह इन्चार्ज साहले जानकारी दिनुभएको छ ।

प्रदेश तथा जिल्ला कमिटीको पूर्णता पार्टीको राष्ट्रिय सम्मेलनबाट दिइने उहाँले बताउनुभयो । पालिकाको इन्चार्ज तोक्ने बारे सम्बन्धित जिल्लामा रहको केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, सह इन्चार्ज र संयोजक लगायतले प्रदेश सदस्यको परामर्श गरी टुङ्ग्याउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here