दशकअगाडि मधेसमा एक भएर आन्दोलन गरेका मधेसवादी दलहरु अहिले टुक्रा टुक्रा भएका छन् । त्यसो त यो रोग नेपालका अन्य राजनीतिक दलमा पनि छ तर मधेसवादी र माओवादीमा भने झनै बढी छ ।एउटै मुद्दा र कुरा भएपनि यी दलहरुमा व्यक्तिगत स्वार्थ र सत्ता लालचका कारण पार्टी फुटाउने प्रवृत्ति हावी छ । कुनै समय मधेसमा उदाएको सद्भावना पार्टी सहित मधेशी जनअधिकार फोरम पनि अहिले छैन । भएपनि अस्तित्वमा छैनन् ।
जसले मधेस र मधेसी जनताको अधिकारका लागि अवाज उठाए, आन्दोलन नै गरे उनीहरु त्यसै हराए । ति दलका नेताहरु नै त हराएका छैनन् तर तितरबितर भने भएका छन् । अब मधेसवादी दलहरुलाई कसले एक ठाउँमा ल्याइदिने ? कसैले एक ठाउँमा ल्याएर पनि हुदैन । उनीहरुले आफू बुझेर एक भए त उनीहरुका लागि र मधेसका नागरिकहरुका लागि फाइदाको कुरा हुने थियो तर स्वार्थका लागि एकताको कुरा गरेपनि यिनीहरु एक हुने संभावना भने छैन ।
यद्यपि अहिले फेरि मधेसवादी दलको एकताको कुरा आएको छ । फेरि विभिन्न समूहमा रहेका मधेसवादी दलहरु एक ठाउँमा उभिने कुरा पनि उठेको छ तर यो संभव देखिदैन । हुन त मधेसमा एक कुराहरु रातारात पनि हुने गर्दछन् । आगामी चुनावसम्म हुन पनि सक्ला तर अहिलेका लागि भने यो संभव देखिदैन ।