वीरगंज,शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्धारा ठाकुरराम बहुमुखी क्याम्पस प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको उद्धाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।प्रतिष्ठान पर्साले विहिवार ठाकुरराम बहुमुखी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी प्रध्यापक संघको लागि निर्माण गरिएको सो भवनको दोस्रो तल्लाको उद्धाटन एवंम हस्तान्तरण गरेको हो ।स्व. खनालको स्मृति दिवसको अवसरमा सोही कार्यक्रममा क्याम्पसका अवकास प्राप्त प्रध्यापकहरुलाई दोसाला ओढाएर सम्मानसमेत गरिएको थियो ।कार्यक्रमका व्यक्ताहरुले शैक्षिक शहीद स्व.खनालले शिक्षा क्षेत्रमा गर्नुभएको योगदानकै कारण उहाँ अमर रहनुभएको बताएका थिए । शैक्षिक शहीद स्व. खनालले वीरगञ्जदेखि महोत्तरीको गौशालासम्मको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभएको कुरा सबैले स्मरण गरेका थिए ।कार्यक्रममा प्रध्यापक संघका पूर्व सभापती शत्रुधन यादव, डाक्टर हरेराम यादव, कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी, बार एशोसिएसनका अध्यक्ष कमलमोहन पोखरेल, पूर्व क्याम्पस प्रमुख, प्रध्यापक डाक्टर महेन्द्र गुप्ता, केदारप्रसाद साह, डाक्टर उमेश चौरसिया, अवधेशकुमार झा, प्रकाश थारु, वरिष्ठ दन्त चिकित्सक मनोज उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।त्यसैगरी स्व. खनालका माइलाज्वाइ वरिष्ठ अधिवक्ता सुजित पोखरेल, माइली छोरी अधिवक्ता मनु खनाल, कान्छी छोरी वाई शैलेश रेग्मी, कान्छी छोरी उच्च अदालत विटारनगरका न्याधिश ममता खनाल, पदमप्रसाद सुवेदी, मधेश विश्व विद्यालयका उपकुलपति दिपक शाक्य, प्रध्यापक संघका सभापती डाक्टर प्रमोदकुमार कुश्वाहा, ठाकुरराम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमन, प्रतिष्ठानका संस्थापक सल्लाहकार एवंम जेठी छोरीज्वाइ प्रकाश उपाध्याय, भतिजा कमलकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता शैक्षिक शहीद खनाल स्मृति प्रतिष्ठानका सभापती श्रीमती मुना खनालले गर्नुभएको थियोे । कार्यक्रमको प्रमुख अतिथि ठाकुरराम बहुमुखी क्याम्पस दाता परिवारका संजयकुमार तथा शशी रञ्जन कलवार रहनुभएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य प्रध्यापक संघका पूर्व सभापती शत्रुधन यादवले गर्नुभएको थियो भने स्मृति प्रतिष्ठानका सचिव लालबावु सिंहले कार्यक्रम संचालन गर्नुभएको थियो ।. खनालको द्वन्दकालमा बाराको पिलुवामा बसमा गरिएको आगलागीमा मृत्यु भएको थियो । उक्त घटनामा बसमा सवार १९ जनाको बसभित्रै जलेर ज्यान गएको थियो ।

















