कृपा संवाददाता
मनहर्वा – जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्ना सदस्यले लिएको कर्जाको ब्याजमा १० प्रतिशत छुट दिन सुरु गरेको छ । संस्थाले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभीड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनबाट प्रभावित सदस्यहरुमा राहत स्वरुप ब्याजमा छुट दिन थालेको संस्थाले जनाएको छ ।
नेपाल सरकारले वित्तिय कारोबार गर्ने निकायले आफ्ना सदस्यहरुले लिएको कर्जामा १० ब्याज छुट दिन गरेको आग्रह अनुसार नै सहकारीले पनी आफ्ना सदस्यहरुले लिएको कर्जाको ब्याजमा छुट दिन थालेको हो । बुधबार संस्था अध्यक्ष नयनकला खड्काले जारी गर्नु भएको सुचना अनुसार २०७६ चैत्र महिनामा परेको साँवाको किस्ता २०७७ असार सम्मका लागि तिर्ने अवधि बढाई दिने समेत जनाइको छ ।
यो निर्णयबाट संस्थाका २ हजार १७ जना सदस्य लाभांवित हुने अध्यक्ष खड्काले जानकारी दिईन् । संस्थाले हाल ३८ करोड बराबरको कारोबार गरिरहेको उनले बताईन् । लगानी असुलीका अलावा पनी संस्थाले कृषि सामाग्री, विउविजन लगायतका कृषि सामाग्री विक्रि वितरण गर्नुका साथै करिब ३ विगाह क्षेत्रफलमा कृषि परियोजना संचालन गर्दै आएको छ ।