सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्वाभिमान बस्ती (कतर्वा) चोकमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको अद्र्र्धकदको शालिक राख्ने घोषणा गरिएको छ ।कृष्ण जन्माष्टमीको अवसर पारेर कृष्ण मन्दिर संरक्षण समितिले बुधवार आयोजना गरेको चोकमा रहेको पुरानो कृष्ण मन्दिर जिर्णाेद्वार तथा ट्रसको उद्धाटन समारोहमा कार्यक्रमका प्रमुख अतिति बडा अध्यक्ष हरिदेब खरेलले यस भेगको पुरानो बस्तिको रूपमा रहेको चोकमा देवकोटाको अद्र्धकदको शालिक राख्ने घोषणा गर्नुभएको हो ।बदाफर, स्वाभिमान बस्ती (कतर्वा) झल्ला, खयससल्ला, महेन्द्रनगर, पैनीटोल र डकाहाको बीच भागमा पर्ने चोकमा महाकवि देवकोटाको शालिक राख्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ निवासी सहित्यकार तथा नवप्रज्ञापन साहित्यक पत्रिकाका सम्पादक एवंम प्रकाशक नवराज रिजालले विशेष पहल र चासो राखेको वडा अध्यक्ष खरेलले कार्यक्रममा जानकारी दिनुभयो ।‘सार्वजनिक चोकमा देवकोटाको अद्र्धकदको सालिक राख्ने र सो चोकको नाम पनि महाकवि देवकोटा चोक हुनेछ, वडा अध्यक्ष खरेलले भन्नुभयो, यसबाट नयाँ पिढीमा पनि नेपाली भाषा, साहित्य र सास्कृतिको संरक्षणमा चेतना वृद्धि हुनेछ ।’जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को चोक हुदै महेन्द्रनगर, पिलुवा, डकाहा, पैनीटोल हुदै मानमत मटिअर्वा सडक खण्डमा पुग्न सकिने सामाजिक अभियान्ता एवं समाजसेवी विजय मैनालीले जानकारी दिनुभयो ।वडा अध्यक्ष खरेलको स्वाभिमान बस्ती (कतर्वा) चोकमा महाकवि देवकोटाको अद्र्धकदको शालिक राख्ने घोषणापछि बारा जिल्लाका बुद्धिजीवी, शिक्षक एवंम साहित्य प्रेमीहरू उत्साही बनेका छन । स्थानीय तहका अन्य वडा अध्यक्ष र जनप्रतिनिधिहरूलेसमेत खरेलको सिको गरेर अगाडि बढेमा समाज परिवर्तनको बाटोमा अघि जानेमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजालले बताउनुभयो ।मन्दिरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन पूजाआजा सहित भजन किर्तन गरेर मनाउने गरिएको स्थानीय राजन रिमालले बताउनुभयो । कृष्ण मन्दिर सचालक समितिका अध्यक्ष विश्वनाथ उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन पाण्डु सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply