कलैया,बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई फोनबाट धम्की दिएको आरोपमा पर्साका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराले नगर प्रमुख साहलाई धम्की दिने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाईे पक्राउ गरेको हो ।कलैया उपमहानगरका नगरप्रमुख साहले आफुलाई फोनमार्फत धम्की दिएको प्रहरीलाई खबर गरेपछि निजको खोजी गरी नियन्त्रणमा लिइएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रेस नोट पनि सार्बजनिक गरेको छ ।
















