हेटौंडा –  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महिला आन्दोलन नसकिएको वताउनु भएको छ । महिला आन्दोलनलाई अझै अगाडी वढाउनका लागि उहाँले आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिला अधिकार विषयक जिल्ला स्थित निर्वाचित महिला जनप्रतिनिधिहरुको एक दिने भेला तथा छलफल कार्यक्रमको उद्घाटन् गर्दै उहाँले यस्तोकुरा वताउनुभएको हो ।

 

 

 

 

 

अहिले स्थानीय तहमा प्रमुख र उपप्रमुख एउटै पार्टीका हुँदा पनि समस्या श्रृजना भएको वताउँदै उहाँले भन्नुभयो ।  फरक पार्टीको प्रमुख र उपप्रमुख भएको स्थानीय तहमा त समस्या छदै छ । तर, एउटै पार्टीका प्रमुख र उपप्रमुख हुँदा पनि धेरै ठाउँमा समस्या देखिएको छ । आफुले जिम्मेवारी पाएको भूमिकानै प्रभावकारी वनाएमा मात्र भोलिका दिनमा काम गर्न सकिन्छ । महिलाले अधिकार पाएकै छैन भने त्यही लड्नुपर्छ ।

 

 

 

 

 

 

महिलाहरुले आफ्नो कार्यक्षमता विस्तार गरेमा अर्को चुनावमा सहज हुने मुख्यमन्त्री पौडेलले वताउनुभयो । सवै क्षेत्रमा उपप्रमुखको भूमिका भएपनि काम गर्न दिएन भन्ने गुनासो सुनेकाले यो आन्तरिक समस्या समाधान गरेर काम गर्न उहाँले सुझाव दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभाका सदस्य मुनु सिग्देलले यस प्रदेशमा महिला मन्त्री नवनाइएकोमा आपत्ति जनाउनुभयो । प्रदेशका सात वटा मन्त्रालय हुँदा पनि एक जना पनि महिला मन्त्री नवनाइएको वताउनुभयो । अहिले पनि पुरुष जताततै हावी हुने गरेको उहाँले वताउनुभयो । बागमती प्रदेशमा एक जना पनि महलिा मन्त्री छैनन् ।

 

 

 

 

 

 

आजको कार्यक्रममा संघीय सांसद विन्दा पाण्डेले सहजीकरण गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका स्थानीय तहका उपप्रमुख, महिला सदस्यहरु, कार्यपालिकाका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।

Leave a Reply