सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ पानीट्याङ्ककी नजिकै मोटरसाइकल दुर्घटना हुँदा आइतवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप १ जना घाइते भएका छन ।मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका वडा नम्बर ७ बस्ने जयकान्त पण्डितका छोरा २८ वर्षिय महेश पण्डित र रौतहट गुजरा नगरपालिका ७ परसवा का पारस नाथका २५ वर्षीय छोरा रोशन चौधरी रहेका छन ।

वीरगञ्ज–पथलैया सडकखण्डमा सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते बनेका १७५३ नम्बरको मोटरसाइकलमा सवार पण्डित र चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । पण्डितको बाराको नौतनस्थित एल.एस. न्युरो अस्पतालमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।दुर्घटनामा गुजरा नगरपालिका– ७ बस्ने देवल चौधरीका छोरा ३४ वर्षिय भुपेन्द्र चौधरीको पनि दाहिने हात र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । उनको उपचार एल.एस. न्युरो अस्पतालमै भइरहेको छ ।दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply