मंगलवार मधेश प्रदेश सभाको बैठकमा संबोधन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउनुभयो । प्रदेश सभामा उहाँले समसामयिक विषयमा संबोधन गर्नुभयो ।केपी आलीले गर्ने संबोधन अलिक फरक खालको हुने गर्दछ । कति कुरा समाजमा पाच्य नहुन पनि सक्छ । मुख्य त समाजमा रहेको बेथितिका विरुद्धमा प्रधानमन्त्रीले उठान गर्न खोजेको कुरा ठीकै पनि होला तर प्रधानमन्त्रीबाट नै यस्ता काइतो कुरा आयो भने समाजमा झन् भ्रम सृजना हुन्छ । कथित बोक्सीको आरोप तराई मधेशमा बढी हुने गरेको पनि यो देशभर जसो छ । दुरदराजमा अझै पनि यो अन्धविश्वास नभएको होइन ।
तर, सभामा संबोधनको क्रममा बोक्सी शब्द उच्चारण आफैमा सुहाउने कुरा होइन । प्रधानमन्त्री भनेको देशको सर्बोच्च कार्यकारी पद हो । यसको गरिमा पनि राख्नुपर्दछ । सांस्दहरुलाई बोक्सीको विषयमा प्रशिक्षण दिएर अर्थ हुदैन ।
मधेशको समृद्धिको कुरा सभामा उठान हुनुपर्ने थियो । तर त्यहाँ त्यस्ता कुनै नयाँ आएनन् । यस्ता सामाजिक विकृति हटाउनका लागि त अन्य राज्यका संयन्त्रहरु छदैछन् नि ।
यसैमा प्रधानमन्त्रीको समय खर्च हुनु भनेको यसका विपक्षमा बनेका राज्यका नियम कानुनहरुले काम गरेका छैनन् कि भन्ने पनि हो । कसैले कसैलाई बोक्सी भनेको खण्डमा आजको कानुनले अपराध मान्छ र कारबाहीको भागिदार ऊ हुन्छ नै । त्यसैले यस्तो पाठ पढाउनुभन्दा मधेश समृद्धिका लागि हुने गतिविधिमा प्रधानमन्त्रीको समय खर्च भएको भए उचित हुने थियो ।














