बारा,प्रहरीले बाराको बारागढी गाउँपालिका वडा नम्बर २ दौरवामा आइतवार घरेलु मदिरा बनाउने भट्टी नष्ट पारेको छ ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट बरिष्ट प्रहरी हवल्दार रबिन्द्र यादवको कमाण्डमा गएको १० जनाको टोली गएको स्थानीय वीरबहादुर साहको घरमा अवैध रुपमा संचालनमा रहेको मदिरा भट्टी नष्ट पारेको हो ।

सो स्थानबाट प्रहरीले मदिरा बनाउन प्रयोग हुने १ थान मेसिन पनि बरामद गरेको छ । त्यसैगरी मदिरा बनाउने कच्चा पदार्थ २ हजार लिटर र तयारी मदिरा ६० लिटर बरामद गरी सोही स्थानमा पोखेर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here