कलैया, बारामा सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ स्थित विकासशील चोकबाट करिब ६ सय ५८ ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका– १८ निवासी ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका– १ निवासी ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रुमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply