नरेश गुप्ता
बरियारपुर,बाराको हुलाकी राजमार्गमा बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले ट्राफिक सप्ताह कार्यक्रम संचालन गरेको छ ।
अस्थायी ट्राफिक पोष्ट लङ्गडा चोकले कार्यक्रम अन्तरगत सवारी चालकलाई नियमित रुपमा ट्राफिक सम्बन्धी जानकारी भएको छ । बढ्दो सवारी चाप, तीव्र गति, ओभरटेक जस्ता कार्यले सवारी दुर्घटना बढाउने ट्राफिक पोष्ट कलैयाका ट्राफिक प्रहरी नायब निरीक्षक जयराम पुडासैनीले बताउनु भयो ।
कलैया– वीरगन्ज सडकखण्ड, बरियारपुर– हरनैया सडकखण्डमा चलेका सवारीसाधन रोकेर चालकलाई प्रहरीले ट्राफिक सम्बन्धि प्रशिक्षण दिन थालेको हो । ट्राफिक प्रहरीले नियमित सवारीसाधन चेकजाँच गर्न थालेपछि सवारी दुर्घटना कम हुने गरेको स्थानीयहरु बताउछन ।
सवारीसाधन चलाउदा अनिवार्य रुपमा आवश्यक कागजातहरु बोक्ने, हेल्मेट लगाउने, मोटरसाइकलमा ३ जना नबस्ने, ओभरटेक गरी सवारीसाधन नचलाउने, मादक पदार्थ सेवन गरि सवारीसाधन नचलाउने, ट्राफिक संकेतहरुको सही प्रयोग गर्ने बारेमा जानकारी दिइएको ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक बस्नेतले जानकारी दिनुभयो ।

















