गरे के हुदैन भन्ने कुरा वर्तमान सरकारले स्पष्ट पारेको छ । मुलतः माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशन गर्ने विषयमा सरकारले उदाहरणीय कार्य गरेको हो ।परीक्षा नियन्त्रण कार्यलय एक महिनामा नै नतिजा दिन सफल भएको छ । यही परीक्षा हो, जो विगतमा ६ महिनासम्म समय लाग्ने गर्दथ्यो । तर यसपालि भने सरकारले एक महिनामा नै एसइइको नतिजा सार्वजनिक गरेको छ । यस्तो पनि संभव हुँदो रहेछ भन्ने कुरा सरकारले प्रमाणित गरिदिएको छ ।
यसअघि सरकारले चाहेर पनि यस्तो गर्न सकेको थिएन वा चाहेकै थिएन भन्दा पनि हुन्छ । चाहेको भए त संभव हुँदो रहेछ भन्ने कुरा बालेन सरकारले स्पष्ट बनाइ दिएको छ ।बालेन सरकारको कही कतै कमजोरी होला तर एसइइको नतिजा दिने विषयमा सरकारले लिएको नीति सफल र राम्रो देखिएको छ । यसपाली उत्तीर्ण प्रतिशत पनि राम्रो देखिएको छ ।एक प्रकारले भन्ने हो भने यो एसइइ परीक्षा सामान्य परीक्षा नै हो । विगतमा यसलाई हाऊगुजी नै बनाइयो तर बिस्तारै यो हाउगुजी त घट्दैछ र विद्यार्थीमाथि पर्दैआएको अनावश्यक दवाव र चिन्ता पनि हट्दै छ । यस्तो भार परीक्षाको नाउमा थोपरिनुहुन्न । तीन-तीन महिना रिजल्ट कुर्नु पर्ने बाध्यता हटेको छ । यसबाट विद्यार्थीले ठूलो बोझ हटे जस्तो महशुस गरेका छन ।
तीन महिना आफ्नो नतिजा कुर्नु पर्ने कुरा जायज हुनै सक्दैन । यसअघिका सरकारले किन यसो गएनन् भन्ने कुराको पनि समीक्षा भने हुन आवश्यक छ । त्यसै पुराना दलप्रति जनताको वितृष्णा भएको होइन । यस्तै काम गर्ने हो भने सरकार सबैका लागि प्रियः हुन्छ नै अब ।उच्च शिक्षा अथवा कक्षा ११ को पढाइ पनि छिटो होस् र पढाइ सरल होस यसमा सरकारले अझै नीति बनाउन भने आवश्यक देखिन्छ ।

















