वीरगञ्ज,सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।कार्यालयले आर्थिक मन्दीको कारणले बजार सुस्ताएको समयमा लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा‍. रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रूपमा राजस्व सङ्कलन हुन नसकेको बताउनुभयो ।
भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुने गरेको छ ।विगतमा दैनिक तीन वटा कार्गाे रेलबाट मालसमान आउने गरेकामा अहिले दुई वटाबाट आउने गरेको छ । कार्गाे रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।

Leave a Reply