असोज,१५
बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा आज महाबिरी झण्डाको उपलक्ष्यमा बिराट कुश्ती प्रतियोगिता समपन्न भएको छ ।

प्रत्येक वर्ष झै यस वर्ष पनि कुश्ती प्रतियोगिता समपन्न भएको हो । प्रतियोगितामा भारतका विभन्न प्रदेशबाट पहलवानहरुको उपस्थिती रहेको थियो ।खासगरी भारतको बनारस,पंजाब,काशमिर,बिहार र नेपालको तर्फबाट बारा, पर्सा,नवलपरासी,रौतहत, लगायतका जील्लाबाट आएका पहलवानहरुबिच कुश्ती समपन्न भएको हो । कार्यक्रमको उद्धाघटन बारा क्षेत्र नं ४ का संबिधान सभा सदस्य माननीय जयप्रकाश यादवले गर्नु भएको थियो ।
प्रमुख अतिथी यादवले कुश्तीको उद्धाटन गर्दै मेला सभ्य र भब्य रुपमा समपन्न भएकोमा आयोजक कमीटीलाई धन्यबाद दिएका थिए । कार्यक्रममा परवानीपुर गाउँपालीका प्रमुख रामक्षत्री प्रसाद पटेल, वडा नं ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, फेटा गाउँपालीका वडा नं २ जगतपुरका वडा अध्यक्ष नरेश प्रसाद पटेल, नेकपा माओवादीका यूवा नेता अजय पटेल, लालबहादुर पटेल, छोटेलाल पटेल, नेपाली काङग्रेसका नेता लालबाबु यादव, नेकपा एमालेका नेता रामेश्वर प्रसाद पटेल, मङगेश्वर पटेल, मोहन पटेल, अर्जुन पटेल,जसपाका नेता आनन्द यादव, लोसपा नेता सुरेश पटेल, लगायत स्थानीयहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह कानुले गरेको थिए भने संचालन वडा सदस्य दारासिंह पटेलले गरेको थिए । कुश्ती हेर्न बारा, पर्सा, रौतहट लगायत गाउँपालीका आसपासका स्थानीहरुको उपस्तिथी बाक्लो उपस्तिथी रहेको थियो । मेलामा ठकरा,नाच,कुश्ती, झुलुवा लगायत मनोरन्जनको ब्यवस्थापन गरिएको थियो ।
मेलाको ब्यपस्थापन कमीटीका अध्यक्ष श्यामबाबु पटेल (लोहा सिंह) सचिव अखिल पटेल, कोषा अध्यक्ष सागर पटेल (लालु पटेल) सदस्यहरुमा भोला पटेल, संदिप पटेल,जटाशंकर पटेल, धरमेन्द्र पटेल, सुजीत पटेल, सन्नी साह, लगायतको टिमले गरेको थियो ।

















