वीरगञ्ज,पर्सा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २ लाख ७५ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोटीबाट प्रहरीले २ लाख रुपैयाँ बराबरका कुर्ता सुरुवाल र प्रहरी चौकी गणेशटोलाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर ५ रामाटोल सडकखण्डबाट ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।
त्यस्तै वीरगञ्ज वडा नम्बर १६ बैष्णोदेबी मन्दिरस्थित सडकखण्डबाट प्रहरीले २५ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीकाअनुसार बरामद सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Leave a Reply