आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ २ अमृतगन्जस्थित रानिवास रामजानकी मन्दिर परिसरमा बृहद सरसफाइ गरिएको छ ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको नेतृत्वमा बुधवार भएको सो सरसफाइ कार्यक्रम यही २२ जनवरीमा भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरामा हुने मुर्ति प्राणप्रतिष्ठाको दिनलाई लक्षित गरेर गरिएको हो । सोही अवसरमा रामजानकी मन्दिरमा दीपावलीसमेत गरिने कार्यक्रम निर्धारण गरिएकोले सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कलवारले जानकारी दिनुभयो । सो अवसरमा मन्दिर परिसरको फूल वाटिका, मुख्य गेट र प्राङ्गण क्षेत्रको सरसफाइ गरिएको थियो ।कार्यक्रममा सिम्रौनगढ नगरपालिका जनप्रतिनिधिहरु, नगरपालिका कार्यालयका कर्मचारी, बलाजी सनातन धर्म रक्षा मञ्चका स्वेमसेवक, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।


















