सिमरा,अमलेखगञ्जस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् । २०५५ सालमा प्रवेशिका परीक्षा उतिर्ण गरेका विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत दुई छात्रालाई छात्रवृत्ति वितरण गरेका हुन् ।
विद्यालयका पूर्वविद्यार्थी स्व. प्रदीप बल र स्व. अमित कार्कीको स्मृतिमा आयोजित एक कार्यक्रमकाबीच छात्रा ललिता संजेल र सम्झना मोक्तानलाई एक वर्षको छात्रवृत्ति प्रदा गरिएको हो । २०५५ सालमा प्रवेशिका उतिर्ण गरेका पूर्व विद्यार्थीले यसअघि पनि छात्रवृत्ति प्रदान गर्दै आएका थिए ।पूर्वविद्यार्थी चुडामणी खरेल (कपिल) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह, प्रधानाध्यापक माधव नेपाल, पूर्वविद्यार्थी ज्ञानराज लामा, सरस्वती राणा अधिकारी, मिना तामाङ, सुलोचना घिमिरे, कविता बानिया, नरेश मगरलगायत उपस्थित थिए ।
















