पुष्पराज खतिवडा

मनहर्वा,बारा जिल्लाका दुई स्थानमा आगलागी हुँदा ७ लाखभन्दा बढीे रकमको धनमाल जलेर नष्ट भएको छ ।

गोठघरमा मच्छड धपाउन बालिएको आगो सल्किदा बुधवार राति जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ढाटटोलका भोला मुखियाको गोठघर र सुवर्ण गाउँपालिका वडा नम्बर ३ जमुनियाका भोला महत्तोको घरगोठमा आगलागी भएको हो ।

मुखियाको गएराती पौने एघार बजेको समयमा र महत्तोको सवा दश बजेको समयमा घरगोठमा आगलागी भएको हो । दुबै आगलागीका घटनामा मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एंव डिएसपी थापाले जानकारी दिनुभयो । आगलागीबाट मुखियाको फुसको घर, गोठ, ५ वटा खसी बाख्रा, खाद्यान्न र लत्ता कपडा, भाँडावर्तन जलेर पूणरुपमा नष्ट हुँदा अन्दाजी ४ लाख रुपैंयाको क्षेति भएको छ ।

यस्तै महतोको गोठघरसहित एकथान पल्सर मोटरसाइकल जल्दा अन्दाजी तीन लाख ५ हजार बराबरको सम्पति नष्ट भएको उहाँले बताउनुभयो । स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलको १ घण्टापछि आगो नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here