रौतहट,रौतहटको गढीमाई र कटहरिया नगरपालिकाको वडा कार्यालयहरुमा चोरी भएको छ ।गढीमाई नगरपालिका वडा नम्बर ८ र कटहरियाको ९ नम्बर वडा कार्यालयमा चोरी भएको हो ।गढीमाई नगरपालिका वडा नम्बर ८ मा शनिवार राति चोरी भएको हो ।चोरले वडा कार्यालयमा रहेको एक थान कम्प्युटर, डेक्सटप एक थान, क्यामरा एक थान, हिटर एक थान, थर्मस एक थान चोरी गरेरका छन ।कार्यालयमा रहेको महत्वपुर्ण कागजातहरू समेत चोरले लगेको वडा कार्यालयका सचिव जिनिलाल साहले बताउनुभयो ।त्यसैगरी केहि दिनअघि जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा पनि चोरी भएको थियो । डुमरियामा रहेको वडा कार्यालयमा चोरी भएको थियो ।चोरहरुको समूहले कार्यालयमा रहेका कम्प्युटर एक थान, प्रिन्टर एक थान, हिटर २ थान र केही महत्वपूर्ण कागजपत्रसमेत चोरी गरेको कार्यालय मा रहेका कागजात समेत चोरी भएको वडा सचिव सुरेन्द्र यादबले जानकारी दिनभएको छ ।

















