कलैया, नेकपा एमालेको १० औ महाधिवेशबाट बाराबाट ३ र पर्सा जिल्लाबाट ४ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा बाराका महमद समिर, ज्वाला साह र मन्जु थापा मगर रहेका छन । समिर मुस्लिम, ज्वाला मधेसी महिला र मन्जु मजदुर क्लस्टरबाट निर्विरोध निर्वाचित बनेका हुन ।
पर्सा जिल्लाबाट प्रभु हजरा, राजकुमार गुप्ता, निर्मला देवकोटा र अरविन्द सिंह निर्विरोध चुनिएका हुन । हजरा दलित, गुप्ता मधेसी, देवकोटा महिला र सिंह प्रदेश २ खुल्ला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित बनेका हुन ।
त्यसैगरी खुल्लातर्फ चुनाब लडेका बाराका पुरुषोत्तम पौडेल, अच्युत मैनाली, र जनजातितर्फबाट बलवीर चौधरी चुनावी मैदानमा छन । पौडेल, मैनाली र चौधरीको नाम अध्यक्ष ओलीले आइतबारको बन्द सत्रमा पेस गरेको सहमतिको नाम लिस्टमा परेको छ ।
सूचीमा नपरेका अरबिन्द सिंह सर्वसम्मतिमा केन्द्रीय सदस्य
वीरगन्ज,
सर्वसम्मतिका लागि भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नपरेका पर्साका युवा नेता अरबिन्द सिंह प्रदेश नम्बर २ को भूगोल (खुल्ला) तर्फबाट सर्वसम्मत रूपमा एमाले केन्द्रीय सदस्य चुनिनु भएको छ ।
अध्यक्ष ओलीको सूचीमा नपरेका सिंहले सूचीमा रहेका पर्साकै प्रभु हजारा र बाराका महमद समिरले अर्कै क्लष्टरबाट मनोनयन गरेपछि भुगोलतर्फ सोमबार बिहान मनोनयन गर्नु भएको थियो । अध्यक्ष ओलीले पेस गरेको सूचीमा त्रुटबस मधेसी र प्रदेश नम्बर २ को भूगोलतर्फ पनि नाम परेपछि हजराले मधेसी कोटामा मनोनयन पत्र दाखिला गर्नु भएको थियो ।
त्यसैगरी भूगोल र मुस्लिम क्लस्टर दुबै सूचीमा नाम समावेश भएका समिरले पनि भूगोल छोडेर मुस्लिम क्लस्टरबाट मनोनयन पत्र दर्ता गराउनु भएको थियो । भूगोलतर्फ खाली बन्न पुगेको अर्को स्थानमा भने सप्तरीका सुमन प्याकुरेलले मनोनयन गर्नु भएको र उहाँ पनि भूगोलतर्फबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्विरोध चयन हुनु भएको छ ।
उता, बाराकी ज्वाला साहको दुबै क्लस्टरको सूचीमा नाम परेपछि भूगोलतर्फको महिलामा सदस्यमा सर्लाहीकी रन्जना सरकार पनि केन्द्रीय सदस्यमा निर्विरोध चयन हुनु भएको छ । सरकारको नाम पनि अध्यक्ष ओलीको सूचीमा परेको थिएन । महिला सदस्यमा थप २ जना पनि निर्विरोध चुनिनु भएको छ ।
केन्द्रीय सदस्य सिंह नेकपा एमाले विभाजन अघि पार्टी अध्यक्ष केपी ओलीको आलोचकको रुपमा रहनु भएको थियो । १० बुँदे सहमतिसंगै सिंह पार्टीमा सक्रिय बन्नु भएका सिंहले आइतबार दिनभर अध्यक्ष ओलीको सूचीमा नाम समावेश गराउन निक्कै प्रयत्न गर्नु भएको थियो ।