मनहर्वा,पिलुवा– कलैया सडकखण्डको बडहर्वामा मोटरसाईकलको ठक्करबाट शनिवार साँझ पैदल यात्री महिला घाइते भएकी छन् ।
उनको न्युरो अस्पलालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ५ बजे पिलुवाबाट घर फर्कदै गरेकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मनहर्वाकी २१ बर्षिया संजिता चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को कोलनी चोक नजिकै चौधरीलाई ना ४५ प १५३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो । ठक्करबाट उनको टाउको, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
महिलाई ठक्कर दिने मोटरसाइकल र चालक कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवाका एक युवा प्रहरी नियन्त्रणमा रहेको सिमरा प्रहरीले जनाएको छ ।