निजगढ,रास्वपा निजगढ नगर समितिको आइतवार हुने अधिवेशनमा सभापति पदको लागि ३ जनाले मनोनयनपत्र दर्ता गराएका छ ।रास्वपा बारा जिल्ला सचिव रामहरी खरेलका अनुसार भोलि हुने अधिवेशनको लागि सभापती पदमा भूपेन्द्र सापकोटा, नारायणप्रसाद शर्मा र सन्जिव भट्टराईले आज उम्मेदावारी दिएका हुन ।उपसभापति पदमा भने एकल उम्मेदवारी परेपछि सबिना बिष्ट निर्विरोध चयन हुनुभएको छ । विष्ट यसअघि पनि नगर उपसभापति हुनुहुन्थ्यो । त्यस्तै ५ जना महिला सदस्य पनि निर्विरोध चयन भइसकेका छन ।

कार्यसमितिको सचिव पदमा सुरजप्रसाद तिमल्सिना र व्दारिका न्यौपानेको उम्मेदवारी परेको छ । त्यसैगरी सहसचिवमा समुन्द्र नेपाल, सन्तोषप्रसाद ढुङ्गेल, दिनेश न्यौपाने, शान्ताराम खत्री, आशिक लामाको उम्मेदवारी परेको छ ।सदस्यमा दिनेश त्रिपाठी, हरिप्रसाद खरेल, प्रविन श्रेष्ठ, अच्यूतप्रसादा घिमिरे, कृष्णबहादुर न्यौपाने, अभिषेक शर्मा, यमकुमारी सापकोटा, प्रेमबहादुर जिम्मा, रुपकप्रसाद चौलागाई र काजीलाल श्रेष्ठलगायतको उम्मेदवारी परेको छ ।अधिवेशनले २/२ जना केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि तथा ४ जना जिल्ला अधिवेशन प्रतिनिधिसमेत चयन गर्ने छ ।

उद्योग वाणिज्य संघ निजगढको सभा हलमा हुने अधिवेशनमा नगरका प्रतेक वडाबाट १५÷१५ जना प्रतिनिधि र बहालवाला नगर कार्यसमिति तथा माथिल्लो समितिमा रहेका पदाधिकारीहरुसमेत गरी करिव १५० जना प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनको लागि मतदान गर्नेछन ।यसैबीच निर्वाचन समितिका संयोजक मुकुन्द पौडेलले मनोनयपत्र दर्ताको समय थप भएको जनाकारी दिनुभएको छ । पौडेलका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्मको लागि उम्मेदवारी दिने म्याद थपिएको हो । सबै वडाबाट प्रतिनिधिहरुको नाम नआएकाले उनीहरुको लागि मनोनयन गर्ने म्याद थप गरिएको हो ।

Leave a Reply