निजगढ,निजगढ एभोकाडो सिटी अभियानको शनिवार औपचारिक रुपमा आरम्भ गरिएको छ ।निजगढ– ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय परिसरमा एभोकाडो रोपेर अभियानको आरम्भ गरिएको हो ।नेकपा माओवादी केन्द्रका नेता रवि दङ्गालले सुरु गरेको अभियानअन्तर्गत निजगढका सबै १२ हजार घरधुरीमा २-२ वटाका दरले एभोकाडोको विरुवा रोप्ने र निजगढलाई एभोकाडो सिटीको रुपमा विकास गरिने बताइएको छ ।अभियानको पहिलो दिनको कार्यक्रममा स्थानीय राजनीतिकर्मी, जनप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी र स्थानीयको सहभागिता रहेको थियो ।यो वर्ष निजगढ वडा नं ५ सहित वडा नं. ३ सिंगौल र निजगढ वडा नं. १२ रतनपुरमा अभियान शुरु गर्ने र संम्भव भएसम्म अन्य वडामा पनि पुग्ने योजना रहेको दङ्गालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here