सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका १८ मनहर्वास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औं वार्षिक सधारण सभा सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका २ दोहरीमा रहेको अमर माध्यमिक विद्यालय परिसरमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले गर्नुभएको थियो ।
साधारण सभाको अवसरमार संस्थाले संचारकर्मी ईन्दिप कोइरालासहित १५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता, दुध उत्पादक किसान, तरकारी खेती गर्ने किसान, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
साधारण सभाले अध्यक्ष नयनकला खड्काको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सुनिता सापकोटाको आन्तरिक लेखापरिक्षण प्रतिवेदन र मुख्य प्रबन्धक पुष्पराज खतिवडाले पेश गरेको बजेट तथा कार्यक्रम सुझाव सहित पारित गरेको छ ।
संस्थाकी अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष फुलकुमारी बस्नेत स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन प्रवन्धक खतिवडाले गर्नुभएको थियो ।
संस्थाले दुई हजार नौ सय ६४ शेयरसदस्य रहेको संस्थाले कृषि प्राविधिक सहितको कृषि पसल, खेती, दुग्ध संकलन केन्द्र, रेमिट्यान्ससहितका ६ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा एक करोड ८४ लाख मुनाफा आर्जन गरेको संस्थाले आफ्ना शेयरसदस्यलाई१६ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।


















