बरियारपुर,महागढीमाई नगरपालिका कार्यालयले अग्नि, बाढी र क्यान्सर रोग लगायत विभिन्न प्रकोपबाट पीडित परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवले नगरका ६७ जना पीडित परिवारलाई आइतबार नगद र चेक हस्तान्तरण गर्नुभएको थियो । सहयोग वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले दैविक प्रकोपबाट क्षेति भएको तथा क्यान्सर र मृगौला पीडित परिवारका सदस्यलाई १० हजारदेखि २ लाखसम्म आर्थिक सहयोग गरिएको नगर प्रमुख यादवले बताउनु भयो ।

समान्य क्षेति बेहोरेका परिवारलाई दस हजार राहत सहयोग गरिएको थियो भने अग्नि पीडित महागढीमाई नपा वडा नम्बर १ का वडा अध्यक्ष सुदामा साह कानुलाई १ लाख ५० हजार राशीको चेक प्रदान गरिएको थियो । नगरपालिका अन्तर्गत दैविक प्रकोप उद्धार समितिको निर्णय अनुसार राहत सहयोग वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here