वीरगञ्ज,
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा बाराको सिमरास्थित हुलास स्टिलको बिजुली लाइन काटेको छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित सो उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले सोमवार बिहान काटेको हो ।प्राधिकरणका अनुसार हुलास स्टिल उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले अहिलेसम्म हुलाससहित ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ ठूला उद्योगको लाइन काटिसकेको छ ।यसअघि प्राधिकरणद्वारा लाइन काटिएका उद्योगहरु मध्ये बाराको परवानीपुरस्थित हिमाल स्टिलले बक्यौता रकम तिरेपछि पुःन लाइन जोडेकोछ । हिमाल स्टिलले किस्ताबन्दीमा बाँकी रकम तिर्ने र त्यस बापतको पहिलो किस्ता बुझाएपछि प्राधिकरणले लाइन जोडिदिएको हो ।प्राधिकरणले ७ पुसदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो ।

Leave a Reply