डुमरवाना,लकडाउनको मारमा परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मुस्लीम महिलाहरु बाध्यताले भएपनि यतिबेला घुम्टो उघारेर घर बाहिर निस्कन थालेका छन । कोरोना महामारी र जारी लकडाउनका कारण परिवारमा खाद्यान्नको जोहो गर्न महिलाहरु कामको खोजी गर्दै घर बाहिर निस्कन थालेका हुन ।

रोजगारीको क्रममा विदेश पुगेका आफना श्रीमानहरु कोरोना संक्रमणका कारण उतै बिरामी परेर घर आउन सकेका छैनन । लकडाउनका कारण छिमेकी मुलुक भारतमा काम गर्न नपाउनु आम्दानी पठाउन छोडेपछि आफ्ना अबोध बालबालिकाको सुरक्षाको लागि चुनौतिको सामना गर्दै रोजगारीको लागि घरबाहिर निस्कन थालेका हुन । रोजगारीको क्रममा भारत पुगेका श्रीमानले कारोनाका कारणे पैसा पठाउन नसकेपछि आफै घुम्टो उघारेर कामको खोजीमा हिडेको सिमराकी समिना खातुनले बताउनुभयो

जग्गा जमिनको नाममा घरघडेरी पनि नभएकाले डेरमा बस्दै आएकी समिनाले आफना ७÷८ जना लालाबालाको पालन पोषण गर्न कामको खोजिमा निस्कनु परेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ नसिम टोलकी महिरुन खातुनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here