सिकिन्द्र साह
सिम्रौनगढ,रौतहटको गरुडा नगरपालिकास्थित हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयले गरीब तथा विपन्न परिवारलाई टिसर्ट वितरण गरेको छ । कार्यक्रममा नगर प्रमुख कन्थमुनी जयसवालले जीवन बीमा कम्पनीमा आवद्ध हुनु आवश्यक रहेको बताउनुभयो ।‘कुनै किसिमको दुर्घटना हुँदा राज्यले छानबिन गरि राहत दिन्छ । कुनै पनि घर परिवारमा दुर्घटना हुँदा बज्रपात हुन्छ । र घटना घण्टी बजाएर आउदैन र घटना भएर घाइते भएपछि उपचार खर्च समेत लाइफ इन्स्योरेन्सले भुक्तानी गर्छ ।’ उहाँले भन्नुभयो ।रौतहटमा हिमालयन लाइफ इन्स्योरेन्सले पहिलो पटक नगरबासीलाई निःशुल्क टिसर्ट वितरण गरेको हो ।कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका डिसिव कपिलकुमार दाहाल, गरुडा शाखा प्रमुख उमेश झा, मधेस प्रदेश प्रमुख इन्द्रराज सुवेदी, गौर शाखा प्रमुख राहुलकुमार ठाकुर, मदन शर्मा, हरिन्द्र यादव, चन्द्रनिगाहपुर शाखा प्रमुख छविलाल गौतम, वीरगञ्ज रिजनल प्रमुख जितेस कर्णसहित स्थानीयको उपस्थिति रहेको थियो ।


















