वीरगन्ज,पर्सा प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।वीरगन्जबाट धनुषा र सिन्धुली तर्फ जाँदै गरेको ट्रकमा बिल बिजकभन्दा भन्दा बढीको विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट सोमवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएका ना.३ ख ५३८४ र ना.३ ख ६०७५ नम्बरको मालवाहक ट्रकलाई खानतलासी गर्दा बिल बिजकभन्दा बढी मालबस्तुहरू लोड रहेको पाईको र बिल बिजक पनि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।शंकास्पद बिल बिजकको दुबै ट्रक र सामान सहितको मूल्य ९९ लाख ९८ हजार २८० मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

















