निजगढ,निजगढ नगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलाले सोमवार पदभार ग्रहण गर्नुभएको छ ।कार्यपालिकाको कार्यालयमा आयोजना गरिएको संक्षिप्त परिचयात्मक कार्यक्रमपछि बर्तौलाले कार्यकक्षमा गएर पदभार ग्रहण गर्नुभएको थियो । परिचयात्मक कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा, सूचना अधिकारी रविन घिमिरे, अधिकृत अजयकुमार उप्रेती, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यलगायत कार्यालयका कर्मचारीहरुले बर्तौलाको स्वागत गरेका थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत पौष ५ गतेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत बर्तौला निजगढ नगरपालिकामा सरुवा भएर आउनुभएको हो ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव राजमणी निरौलाको मन्त्रालयमा सरुवापछि बर्तौलालाई निजगढ पठाइएको हो । २०७९ फागुन ११ फागुनमा निजगढको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी सरुवा भएर आउनुभएका निरौलाले १८ पुसमा रमाना पत्र बुझ्नुभएको थियो ।

Leave a Reply