कलैया,जिल्ला प्रहरी कार्यालय बाराले सवा लाख रुपैयाँसहित ठूलो परिमाणमा प्याज र एउटा पिकअप नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाबाट बिल बिजकभन्दा बढीको प्याज बरामद गरेको हो ।प्रहरीले विशेष सूचनाको आधारमा गरेको जाँचको आधारमा पथलैया चोकबाट प्र २ को ०४–००१ च ००८४ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।बरामद पिकअपबाट २५०० किलो प्याजसहित पिकअप नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाउनुभएको छ ।उहाँका अनुसार बरामद प्याजसहित पिकअपमा बिल विजकभन्दा बढी सामान लोड रहेको पाइएपछि सो गाडी नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको हो ।
सिमराबाट बरामद बिल बिजकभन्दा बढी सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी बताएको छ ।


















