सिमरा,जनहित चोरी शिकारी नियन्त्रण युवा जागरण उपसमितिको दोस्रो अधिवेसन सहितको साधारण सभाले रविन्द्रराज श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।नयाँ गठित समितिको उपाध्यक्षमा सुकुमाया विक र सचिवमा सालिकराम रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रिता कडेल, सावित्री बस्नेत, लक्ष्मण घिमिरे, बिटु मोल्मी, साजन लामा, जैनुदिन मिया, बली चौधरी, सुदिप रेग्मी, विशाल चौधरी र सुरेन्द्र श्रेष्ठ रहनुभएको छ ।नयाँ कार्यसमितिलाई बधाई दिदै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले संरक्षणको क्षेत्रमा नवगठित समितिले पुर्ण ईमान्दारिताका साथ काम गर्ने बताउनुभयो ।उहाँले उपसमितिले जंगली जनावरको सुरक्षाको लागि गस्ति गर्न मात्र नभै संरक्षण गर्न गाउँ÷टोलमा जागरण अभियान चलाउनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा आफुहरुले अनवरत रुपमा काम गर्दै आएको र सोहि अनुसारको उपलब्धि समेत हासिल गरेको बताउदै अबको दिनमा नयाँ भिजनका साथ अगाडि बढ्न सबैको साथ र सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधारभारको सहयोग तथा जनहित उपभोक्ता समितिको आयोजनामा सम्पन्न यस कार्यक्रममा सालिकराम रेग्मीको अध्यक्षता रहेको थियो भने राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सत्यबहादुर श्रेष्ठ, मुसहर्नीमाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर न्यौपाने, भिमेश्वर सामुदायिक वन उपभोक्ता समिति पथलैयाका अध्यक्ष पेशल मुल्मी, फजलेहक अंसारी लगायतको उपस्थिति रहेको जनहित उपभोक्ता समितिका कार्यालय प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply