पथलैया – लकडाउनका कारण मानिस घरमै बस्न बाध्य भएपछि घरायसी विद्युतीय खपत बढेकोछ । कोरोना भाइरसको सङक्रमणले विश्वमा माहामारी फेैलिए पछि नेपाल सरकारले पनि लगाएको लकडाउनमा मानिसहरु घरमा बस्दा विद्युतीय समानको बढी प्रयोग गर्नाले खपत बढेको हो ।

 

गिजर,वासिङमेसिन,मिक्सर लगाएतका विद्युतीय उपकरणहरु बढी मात्रामा उपयोग हुनथालेको छ । घरमा बस्दा बढी समय विद्युतीय समान टिभी,कम्प्युटरहरु प्रयोग गर्न थालेका छन् । बढ्दो गर्मीका कारण एसी र पङ्खा चलाउन बाध्य भएका छन् । त्यसैलेपनि विद्युत खपत ह्वात्तै बढेको हो । ग्यासको अवाभमा इण्डक्सन चुलो प्रयोग गर्न बाध्य हुँदा आफ्नो घरको मिटर बढि उठेको पथलैयाका गृहणी ज्योतीका रेग्मीले बताइन् । पहिले लगभग पाँच सय रुपैयाँ तिर्ने गरेकी थिएँ; अहिले ११ सय रुपैयाँ भन्दा बढी तिर्नु परेको छ ।

 

 

सरकारले विद्युत महसुलमा २५ प्रतिशत छुट दिँदा उपभोक्ताहरुले राहत पाएका छन् । तर, लकडाउनका कारण देशका ठूलठूला कलकारखानाहरु ठप्प हुनाले नेपाल सरकारलाई भने दुई खर्ब रुपैयाँ घाटा लागेको नेपाल विद्युत प्राधिकरणले जनाएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here