मुलुकमा अहिले तीन तहको सरकार छ । अझ भनौं गाउँगाउँ र घरघरमा नै सरकार छ ।स्थानीय सरकार भनेको घर आँगनकै सरकार हो । नागरिकहरुसंग सिधा सम्पर्क रहने पनि स्थानीय सरकार नै हो । स्थानीय सरकारको प्रमुखले आफ्नो नागरिहरुको पीडा, समस्या बुझ्न सकेनन भने वा यसमा उसले चासो दिएनन भने नगरवासीहरु वा गाउँवासीहरुको कन्तकिजोग हुनु स्वभाविक नै छ ।

जनताको समस्या एकातिर राखेर आफ्नो मात्रै स्वार्थ बोकेर हिँड्न थालेपछि भने त्यो जनप्रतिनिधिले जनताको काम गर्न सक्ने कुरै भएन ? तर नेपालका अधिकांश जनप्रतिनिधिहरु जनताको समस्याप्रति शंवेदनशील भएको पाइदैन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अवस्था आज यस्तै छ । जनताको हितको लागि योजना निर्माण गर्ने थलो मानिएको सो पालिकको नगरसभामा उनीहरु भाँडभैलो गर्छन । नगरको विकास र उन्नतिको लागि वहश, छलफल र योजना निर्माण हुनुपर्ने सभामा कुटाकुट र कुर्सी तोडफोड हुन्छ । अनि गाईजात्रा देखाइन्छ । नगरवासीको समस्याप्रति न त मेयर न त अन्य जनप्रतिनिधिहरुकै ध्यान गएको देखिन्छ ।कृषि उत्पादनका दृष्टिकोणले जीतपुरसिमरामा प्रचुर शंभावना छ । यहाँ औद्योगिक क्षेत्र भए पनि कृषिमा आश्रीत नागरिकहरुको संख्या पनि ठूलो छ । तर, यहीका कृषकहरुले आफूले उत्पादन गरेको धान लगभग कौडीमा भाऊमा बिक्री गर्नु परेको गुनासो गरेका छन् ।

सरकारले धानको समर्थन मुल्य तोके पनि यहाँका कृषकहरुले उत्पादन गरेको धानको समर्थन मुल्य कायम भएन । कसका कारणले यस्तो भयो, यसको जवाफ पनि त कनै न कुनै निकायले दिनुपर्ला ।स्थानीय तहले समर्थन मुल्य कायम गरिदिएको भए त बिजी जातको धानको समर्थन मुल्य पनि तोकिएर आउथ्यो होला नि खोई यहाँनिर जनताको घरदैलोको भनिएको सरकारको ध्यान गएको भएको ? खोई त नागरिकले गाउँको सरकारको अनुभूति गर्न पाएको ? यसको दोषी कोहो, कृषि शाखा त नगरपालिकामा पनि छ होला त ?

Leave a Reply