सिमरा,जीतपुरसिमरा वडा नम्बर ४ स्थित औराहमा शनिबार दिउँसो ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका छन् ।सिमराबाट डुमरवानातर्फ जादै गरेको प्र.२–०३–००४ प ७९०२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गईरहेको ट्रिपरले ठक्कर दिदाँ करिब ४० वर्षीया महिला कृष्णमाया तामाङको मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिएर लडाएपछि ट्रिपरले महिलालाई किचेको र घटनास्थलमै महिलाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा मृत्यु भएकी महिलाको घर जीतपुरसिमरा १५ डुमरवाना रहेको बताइएको छ । दुर्घटनामा एक बालक र एक पुरुष घाईते भएका छन् । घाईतेमध्ये बालकको अवस्था गम्भीर छ । दुबैको एलएस न्युरो अस्पतालमा उपचार भईरहेको छ ।प्रहरीले ट्रिपरलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

Leave a Reply