निजगढ,निजगढ नगरपालिकास्थित गौरीशंकर क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
क्याम्पस प्रमुख टीकाराम भट्टराईले निजगढस्थित सबै राजनीतिक दल आबद्ध विद्यार्थी संगठनहरुलाई संवोधन गर्दै आइतवार निर्वाचन प्रयोजनको लागि विद्यार्थी संघ, संगठन र समूहलाई दर्ताको लागि सूचना आह्वान गर्नुभएको छ ।
प्रमुख भट्टराईले जारी गरेको सूचनामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०८१ निर्वाचन कार्यतालिका बमोजिम संघ÷संगठन ÷समूह दर्ता गर्न यही फागुन १९ गते दिनको ३ बजेसम्मको कार्यतालिका तोकिएको हुँदा सोहि अनुसार दर्ता गर्न भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभरिका क्याम्पसहरुमा आगामी चैत्रमा स्ववियु निर्वाचन हुदैछ ।
यसैबीच नेकपा एमाले सम्बद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आइतवार गौरीशंकर क्याम्पसमा बालकृष्ण हुमागाईको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष र सहसचिव पद हालको लागि खालि राखिएको छ भने सचिवमा किसन खडका चुनिनुभएको छ ।त्यसैगरी सदस्यहरुमा कृष्ण बजगाई, आशिका राउत, कुशुम राउत, अनुषा पराजुली, मनिका घिमिरे, रिमा गौतम, प्रेक्षा उप्रेती र सुशिला अधिकारी रहेका छन । अनेरास्ववियुले हिजो नै क्याम्पसमा विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो ।

















