सिमरा,साना किसान कृषि सहकारी सिमराको साना किसान कृषि सहकारी संस्था सिमराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधवार संस्थाको १०औँ वार्षिक साधारण सभाको अवसर पारेर भवनको उद्घाटन गरिएको हो ।
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक कार्यक्रम अनुसार सहरी विकास कार्यालय, ४० लाख र भौतिक पूर्वाधार कार्यालयको २५ लाखको बजेटबाट पूर्वाधार विकास कार्यालय कलैयामार्फत भवन निर्माण कार्य सम्पन्न भएको हो ।
नवनिर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि संघीय साँसद एवं पूर्वमन्त्री किसान श्रेष्ठ, मधेस प्रदेश साँसद देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल लगायतले रिबन काटेर उद्घाटन गरेका थिए ।

त्यसैगरी संस्थाको १०औँ वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला रिमालको अध्यक्ष्यतामा भएको साधारण सभाको प्रमुख अतिथि संघीय साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले उद्धाटन गर्नुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेश साँसद देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, साना किसान कृषि सहकारी सँघका अध्यक्ष मिस्रिलाल सहनी, संस्थाका सल्लाहकार सदस्य नारायणी रायमाझी, सञ्चारकर्मी विदुर खड्का, शारदा पोख्रेल संस्थाका सहजकर्ता कुलोत्तम पोखरेललगायतको उपस्थिति रहेको थियो ।चार हजार ३ सय शेयर पूँजिबाट कारोवार सुरु गरेको संस्थाको शेयर लगानी १ करोड७० लाख, ५५ हजार १ सय रुपियाँ, वचत ४ करोड ३२ लाख ८६ हजार २सय ८५ रुपियाँ र ऋण लगानी १७ करोड ७३ लाख २ हजार ६ सय ३ रुपियाँ रहेको संस्थाका अध्यक्ष कमला रिमालले जानकारी दिनुभयो ।कार्यकममा एक हजार ४ सय २६ जना सेयर सदस्य संख्या रहेको संस्थाको २सय ५० वटा समूह, १२ वटा अन्तरसमूह रहेको र ६ सय ९२ जनाले संस्थाबाट विभिन्न उद्देश्यमा ऋण लिएको जानकारी गराइएको थियो ।संस्थाका उपाध्यक्ष श्यामा सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिरा पुरीले गर्नुभएको थियो ।

Leave a Reply